नागरिक लगानी कोषको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 09:35:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोषले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार ३१ गते आफ्नै केन्द्रीय कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट २५ प्रतिशत वोनस शेयर र १.३१५८  नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

(१) सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेस गर्नुहुने कोपको आर्थिक वर्ष २०७८ / ७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०७९ साल असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने ।

(३) कोषको आर्थिक वर्ष २०७८ / ७९ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित २५ (पच्चीस) प्रतिशत वोनस शेयर र १.३१५८ ( एक दशमलव तीन एक पाँच आठ) प्रतिशत नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) स्वीकृत गर्ने ।

(४) कोषको सञ्चालक समितिमा अन्य बैंक तथा वित्तीय संस्थाहरू मध्येबाट त्यस्ता संस्थाले तोके बमोजिम निर्वाचित वा मनोनीत गरेको सञ्चालक पद १ (एक) को निर्वाचन गर्ने ।

(५) साधारण सभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न शेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एक/एक जना प्रतिनिधि नियुक्त गर्ने।

(६) विविध ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved