रिलायन्स फाइनान्सको साधारणसभा आह्वान, यस्ता छन् १२ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 25, 2023 | 04:12:01 PM मा प्रकाशित

laxmi  sunrise bank

रिलायन्स फाइनान्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असार ३१ गते धुम्बाराही स्थित स्मार्ट दरबार बयाक्वेटमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७८ / ७९ को मुनाफाबाट ६.५० प्रतिशत वोनस शेयर र ०.३४ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १९ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

सामान्य प्रस्तावहरु:

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७८/०७९ को तेह्रौं वार्षिक प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित आ. ब. २०७८/७९ आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने ।

३. कम्पनी ऐन, २०६३ को दफा ११९ बमोजिम आ.व. २०७९/८० को लेखापरीक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने बारे । (साविकका लेखापरिक्षक श्री सुन्दर एण्ड कम्पनी पुनः नियुक्त गर्न योग्य हुनुहुन्छ ।)

४. संस्थाको संचालक समितिबाट सिफारीस भई नेपाल राष्ट्र बैंकबाट स्विकृत गरे बमोजिम आ.ब.२०७८/०७९ मा भएको मुनाफाबाट कुल चुक्ता पूँजी रु.१,०५,३०,०६,३१९/- (अक्षरेपी एक अर्ब पाँच करोड तिस लाख छ हजार तिन सय उन्नाईस) को ६.५० प्रतिशतका दरले हुने रु. ६,८४,४५, ४११ /- (अक्षरेपी छ करोड चौरासी लाख पैतालिस हजार चार सय एघार मात्र) बराबरको बोनश शेयर वितरण गरिने हुँदा सोको कर प्रयोजनार्थ नगद लाभांश चुक्ता पूंजींको ०.३४ प्रतिशतले हुने रु. ३६,०२,३९०/- (अक्षरेपी छत्तिस लाख दुई हजार तिन सय नब्बे मात्र ) नगद लाभाश प्रदान गर्ने प्रस्ताव पारित गर्ने ।

५. सञ्चालक समितिमा संस्थापकको तर्फ बाट प्रतिनिधित्व गर्ने सञ्चालक संख्या ३ जना र सर्वसाधारण शेयरधनीहरुको समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक संख्या ३ जनाको निर्वाचन गर्ने ।

६. विविध ।

विशेष प्रस्ताव:

१. संस्थाको संचालक समितिबाट सिफारीस भई नेपाल राष्ट्र बैंकबाट स्विकृत गरे बमोजिम आ. ब. २०७८/०७९ मा भएको मुनाफाबाट कुल चुक्ता पूँजी रु.१,०५,३०,०६,३१९ / - (अक्षरेपी एक अर्ब पाँच करोड तिस लाख छ हजार तिन सय उन्नाईस) को ६.५० प्रतिशतका दरले हुने रु. ६,८४,४५, ४११ /- (अक्षरेपी छ करोड चौरासी लाख पैतालिस हजार चार सय एघार मात्र) बराबरको बोनश शेयर वितरण गर्ने र सो बापत कर प्रयोजनार्थ नगद लाभांस चुक्ता पूंजींको ०.३४ प्रतिशतले हुने रु.३६,०२,३९०/- (अक्षरेपी छत्तिस लाख दुई हजार तिन सय नब्बे मात्र ) गरि जम्मा लांभाश रकम चुक्ता पूंजींको ६.८४ प्रतिशतले हुने रु. ७,२०,४७,८०१ /- (अक्षरेपी सात करोड विस लाख सतचालिस हजार आठ सय एक) वितरण गर्ने प्रस्ताव पारित गर्ने तथा बोनश शेयर वितरण गरे पश्चात कायम हुने भिन्न अंक (Fraction) लाई भविष्यमा समायोजन गर्ने गरी यथावत राख्ने प्रस्ताब स्विकृत गर्ने ।

२. संस्थाको तेह्रौं वार्षिक साधारण सभाको निर्णय बमोजिम जारि गरेको ६.५० प्रतिशत बोनश शेयर प्रदान गरे पश्चात कायम हुन आउने चुक्ता पूँजी तथा जारी पूँजी रु. १,१२,१४,५१, ७३० /- (अक्षरेपी एक अर्ब बाह्र करोड चौधलाख एकाउन्न हजार सात सय तिस मात्र ) कायम हुने भएकोले संस्थाको प्रबन्धपत्र संशोधन गरि संस्थाको जारी तथा चुक्ता पूँजी बृद्धि गर्ने र तद्अनुरुप हुने गरि संस्थाको प्रबन्धपत्र / नियमावलीमा आवश्यक संशोधन, परिमार्जन र थप गर्ने ।

३. काठमाण्डौ का.म.न.पा. वडा नं. २८ प्रर्दशनीमार्गमा संस्थाले केन्द्रीय कार्यालय संचालन गरि आएकोमा संस्थाको केन्द्रीय कार्यालय राख्ने प्रयोजनका लागि का.जि.का.म.न.पा. वडा नं. १ कमलादीमा संस्था आफैले घर जग्गा खरिद गरेको हुँदा उक्त घरमा संस्थाको केन्द्रीय कार्यालय सार्ने भएकोले नेपाल राष्ट्र बैंकको स्वीकृती लिई संस्थाको प्रबन्धपत्र/नियमावलीमा संस्थाको केन्द्रीय कार्यालयको ठेगाना संशोधन गर्नुपर्ने भएकोले तद्अनुरुप हुने गरि प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न प्रस्ताब गरेका छौ ।

४. सञ्चालकले पाउने पत्र पत्रिका तथा सञ्चार सुविधा वृद्धि गर्ने सम्वन्धमा ।

५. यस रिलायन्स फाइनान्स लि. तथा अन्य कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर), प्राप्ती तथा विलय गर्न उपयुक्त देखिएमा मर्जर, प्राप्ति वा विलय गर्न, DDA गर्न, नियमनकारी निकायबाट आवश्यक स्वीकृति लिन तथा सो सम्बन्धमा सम्पूर्ण काम गर्ने अख्तियारी संचालक समितिलाई प्रदान गर्ने । साथै गाभिने (मर्जर), प्राप्ति तथा विलय समेतका सम्बन्धमा नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरुबाट कुनैपनि विषयमा संशोधन परिमार्जन थपघट वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्नुपरेमा सो कार्यहरु समेत गर्न संस्थाको संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

६. प्रबन्धपत्र नियमावली संशोधनमा नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरुबाट कुनैपनि विषयमा संशोधन परिमार्जन, थपघट वा परिवर्तन गर्न कुनै निर्देशन प्राप्त भएमा सो समेत मिलाई संशोधन वा परिवर्तन गर्नुपरेमा सो कार्यहरु समेत गर्न संस्थाको संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved