असार १८ देखि एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2023 | 09:19:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईबिएल एस क्यापिटलले मेगा क्यापिटललाई गाभेपछि असार १८ गतेदेखि एकिकृत कारोबार हुने भएको छ । एनआईएमबि एस क्यापिटलको नामबाट एकिकृत कारोबार सुरु हुन लागेको हो ।

 दुवै कम्पनीको जेठ २९ गते सम्पन्न विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले असार ११ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो। दुवै संस्थाको असार १२ गते बसेको संचालक समितिको बैठकले असार १८ गतेदेखि एकिकृत कारोबार सुरु गर्ने निर्णय गरेको हो । 

समान हैसियत अर्थात् १:१ को स्वाप अनुपातमा एनआइबिएल एस क्यापिटलले मेगा क्यापिटललाई गाभेको हो । एनआईबिएल एस क्यापिटलको माउ कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा क्यापिटलको माउ कम्पनी मेगा बैंक मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकिकृत कारोबार गरिसकेका छन् । अब यी दुई कम्पनीका सहायक कम्पनी पनि एक आपसमा मर्ज  भएका हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved