नेपाल पुनर्बीमा कम्पनीको साधारणसभा आज, बोनस पश्चात १२८१ करोड पुँजी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 30, 2023 | 09:15:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पुनर्बीमा कम्पनीले आज असार १५ गते साधारणसभा गर्दै छ । कम्पनीले कालिकास्थान स्थित अमृतभोगमा सभा गर्न लागेको हो ।   यो आर्थिक वर्ष ७८/७९ को सभा हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।  कम्पनीले हाल कायम चुक्ता पुंजीको ४.७५  प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ। हाल कम्पनीको चुक्ता पूँजी १२ अर्ब २३ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित बोनसपछि कम्पनीको चुक्ता पुंजी १२ अर्ब ८१ करोड पुग्ने छ । कम्पनीमा नेपाल सरकारको ४४ प्रतिशत, सर्वसाधारणको १६ प्रतिशत र बाँकि अन्य बीमा कम्पनीको शेयर रहेको छ। 

कम्पनीले साधारणसभा प्रयोजनको लागि असार ७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असार ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु : 

साधारण प्रस्ताव

१. आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखा परीक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तको वासलात, आ.व. २०७८/७९ को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र वित्तीय विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. कम्पनीको चुक्ता पूँजी रु. १२,२३,२५,००,०००/- (बाह्र अर्व तेइस करोड पच्चीस लाख) को ०.२५ ( शुन्य दशमलव दुई पाँच) प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकमा टि.आर. उपाध्याय एण्ड कम्पनी, चार्टर्ड एकाउन्टेन्ट्स, लालदरबार, काठमाण्डोलाई नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।

५. नियमावलीको नियम २७ को उपनियम (२) (ख) अनुसार नेपाल सरकार बाहेकका संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न दुईजना सञ्चालकको निर्वाचन गर्ने ।


विशेष प्रस्तावहरू :

१. कम्पनीको चुक्ता पूँजी रु. १२,२३,२५,००,०००/- (बाह्र अर्व तेइस करोड पच्चीस लाख) को ४.७५ (चार दशमलव सात पाँच) प्रतिशतका दरले हुन आउने रु.५८,१०,४३,७५०/- (अन्ठाउन्न करोड दश लाख त्रिचालीस हजार सात सय पचास) बोनश शेयर वितरण गर्न स्वीकृति प्रदान गर्ने । बोनश शेयर वितरण पश्चात कम्पनीको साविक जारी तथा चुक्ता पूँजीमा बृद्धि भई रु.१२,८१,३५,४३,७५०/- (बाह्र अर्ब एकासी करोड पैंतीस लाख त्रिचालीस हजार सात सय पचास) कायम हुने हुँदा सोही अनुसार प्रबन्धपत्रको दफा ६(२) र ६ (३) संशोधन गर्ने ।

२. कम्पनी ऐन, २०६३ को दफा १०५ को (१) (ग) अनुसार सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका खर्चलाई अनुमोदन गर्ने ।

३. कम्पनीको प्रबन्धपत्र / नियमावलीको प्रस्तावित संशोधनमा नेपाल सरकार वा नियमनकारी निकायहरुबाट कुनै फेर बदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved