मध्य भोटेकोशीको साधारणसभा सम्पन्न, ४ सञ्चालक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2023 | 03:50:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले एकसाथ २ वटा आर्थिक वर्षको साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले बुधबार आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ को सभा सम्पन्न गरेको हो ।

सभाले आ.व. २०७७/०७८ र आ.व. २०७८/०७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै लेखापरीक्षण प्रतिवेदन सहित आ.व. २०७७/०७८ र आ.व. २०७८/०८९ साल आषाढ मसान्तको वित्तीय विवरणहरू ( वासलात, आय विवरण तथा नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू) उपर छलफल गरी पारित गरेको छ।

त्यस्तै सभाले लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गरेको छ भने  विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहायता दिइएको रकम अनुमोदन गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समुहबाट राम कुमार थेवे, रमा खड्का, भुमिनन्द अर्याल र गोबिन्द प्रसाद पराजुलीलाई सञ्चालक समिति सदस्य निर्वाचित गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved