साउन १ देखि प्रिमियममा आईपिओ निष्काशन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 09:07:21 AM मा प्रकाशित

laxmi sunrise bank

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन १ गतेदेखि श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले साउन १ गतेदेखि साउन १५ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको लागि ९ लाख ६० हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो 

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गर्न लागेको हो  । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआइ मर्चेन्ट बिक्री प्रबन्धक रहेको छ 

 श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड गरिएपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।  

हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब २४ करोड रहेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved