घोराही सिमेन्ट आईपिओ: यस्तो छ भेरिफाइड भईसकेको आवेदन फिर्ता लिने प्रक्रिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 11:47:46 AM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको स्थगन गरिएको आईपिओ आज असार २२ गते शुक्रबारबाट  पुनः सुचारु भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलले आज शुक्रबारदेखि आईपिओ बिक्री पुन: सुचारु गरिएको जनाएको हो ।

जस अनुसार  शेयर खरीदका लागि आवेदन दिई सकेका आवेदकहरुले सो आवेदनमा शेयर संख्या थप घट गर्न वा आवेदन फिर्ता गर्न चाहेमा आज असार २२ गते शुक्रबार असार २४ गतेसम्म आइतबार बैंकिङ्ग समय सम्म आफ्नो सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवेदन दिनु पर्ने क्यापिटलले जनाएको छ ।

सिडीएससीका अनुसार घोराही सिमेन्ट ईन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनमा आवेदन दिई सकेका आवेदकले आफ्नो आवेदन फिर्ता लिन वा परिमार्जन गर्न चाहेमा आफ्नो रकम रोक्का रहेको बैंक समक्ष निवेदन दिएर परिमार्जनको अनुरोध गर्न सकिन्छ। यसरी परिमार्जन गर्नका लागि प्राप्त निवेदनको आधारमा बैंकले आवेदकको रोक्का रहेको रकम फुकुवा गरि सो आवेदनलाई पुन परिमार्जन गर्न मिल्ने बनाउनका लागि निष्कासन तथा विक्री प्रबन्धकलाई अनुरोध गर्नेछ। निष्कासन तथा बिक्री प्रबन्धकले उक्त आवेदनलाई परिमार्जन गर्न सकिने (Unverified) अवस्थामा परिवर्तन गरे पश्चात् तपाइले उक्त आवेदन परिमार्जन गर्न सक्नुहुनेछ । यदि आवेदकबाट प्राप्त निवेदन आवेदन फिर्ताका लागि भएमा बैंकले निष्कासन तथा बिक्री प्रबन्धकले परिमार्जन गरेको उक्त आवेदनलाई रद्द (Rejected) गर्न सक्ने छ।

 हालको मेरोशेयरमा कित्ता थपघट वा आवेदन खारेज फिचर नभएको कारण यस्तो अवस्था आएको हो। सिडीएससीका अनुसार मेरोशेयर निर्माण गर्दा  कित्ता थपघट वा आवेदन खारेज फिचरको परिकल्पनै नगरिएकोले त्यसो फिचर छैन। यी काम अब आवेदकले बैंक तथा वित्तीय संस्था अर्थात् सीआस्वा सदस्यसँग समन्वय गरेर आफै म्यानुअल्ली गर्नु पर्ने सिडीएसले जनाएको हो ।   

साथै यस अघि आवेदन नदिएका  इन्छुक लगानीकर्ताहरुले आफ्नो सि-आस्वा सदस्य, बैंक तथा वित्तीय संस्थाहरुमा गई वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित https://meroshare.cdsc.com.np मार्फत शेयर भर्न सक्ने छन्।

क्यापिटलले आईपिओ  छिटोमा असार २४ गतेसम्म र ढिलोमा असार ३१ गते सम्म खुल्ला उल्लेख गरेको छ । उल्लेखित अवधि भित्र माग गरे बमोजिम प्रमाणित आवेदनहरु प्राप्त भएमा असार ३१ गते अगावै निष्काशन तथा बिक्री बन्द हुने क्यापिटलले प्रष्ट पारेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved