घोराही सिमेन्ट र आईएमई लाइफ इन्स्योरेन्सको आईपिओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 07:53:13 AM मा प्रकाशित

laxmi sunrise bank

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड र आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आवेदन दिने आज असार २५ गते अन्तिम दिन रहेको छ  । आज सोमबार कार्यालय समयसम्म मात्र यी दुई कम्पनीको आईपिओमा आवेदन दिन सकिने छ ।

घोराही सिमेन्टले  गत जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपिओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुन: खुला भएको थियो । अब यस आइपिओमा आज असार २५ गतेसम्म आवेदन दिन सकिने छ ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ । 

त्यस्तै आईएमइ लाइफ इन्स्योरेन्सले  असार २१ गतेबाट सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।   आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्री प्रबन्धक रहेको छ।   आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ । नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved