घोराहीको आईपिओमा आवेदन दिएका सबै आवेदकले शेयर पाउने निश्चित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 10, 2023 | 05:15:47 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टको आईपिओमा आवेदन दिएका सबै आवेदकले शेयर पाउने भएका छन् । कम्पनीको आईपिओमा परेको अन्तिम आवेदन विश्लेषण गर्दा सबै आवेदकले न्युनतम १० कित्ता र केहि आवेदकले २० कित्तासम्म शेयर पाउने देखिएको छ । 

कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्ममा ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकबाट २ करोड ५४ लाख २० हजार३ सय २० कित्ताको लागि आवेदन परेको छ ।  

घोराही सिमेन्टले  गत जेठ ३२ गतेदेखि सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपिओ बिक्री खुला गरेको थियो। कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । 

१० कित्ताको दरले शेयर बाँडफाँड गर्दा कुल ६ लाख ९१ हजार १ सय ६७ जनाले कम्पनीको शेयर पाउने थिए । तर  ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकले मात्र आवेदन दिएकोले सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाउने र केहि आवेदकले २० कित्ता शेयर पाउने देखिएको हो  ।  

कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपिओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुन: खुला भएको थियो ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved