सर्वसाधारणलाई कुथेली बुखरी हाइड्रोको आईपिओ आजदेखि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2023 | 08:05:59 AM मा प्रकाशित

 कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले आज असार २६ गतेदेखि सर्वसाधारणलाईआईपिओ निष्काशन गरेको छ । कम्पनीले सर्वसाधारणलाई १ लाख १ हजार १ सय ५१ कित्ता शेयर निष्काशन गरेको हो।

यस निष्काशनमा असार २९ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । 

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीको लागि शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।  

  यस कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल्लागत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ ।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved