
लक्ष्मी क्यापिटलले साउन ५ गतेदेखि लक्ष्मी भ्यालु फण्ड २ नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि लक्ष्मी भ्यालु फण्ड २ नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो ।
यस योजनाको आकार ८० करोड रहेको छ । क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको ८ करोड इकाई निष्काशन ग्रण लागेको हो । जस मध्ये १ करोड २० लाख इकाई कोष प्रबर्दक लक्ष्मी बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ६ करोड ८० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम ८० लाख इकाईको लागि दिन सकिने छ । यस निष्काशनमा छिटोमा साउन ९ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा साउन १९ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।
हाल क्यापिटलले लक्ष्मी इक्विटी फण्ड, र लक्ष्मी उन्नति कोष नामक बन्दमुखी म्युचुअल फण्ड योजना र शुभ लक्ष्मी कोष नामक खुलामुखी म्युचुअल फण्ड संचालन गरिरहेको छ ।