सानिमा क्यापिटलले पनि खुलामुखी म्युचुअल फण्ड योजना संचालन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 12, 2023 | 04:46:35 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा क्यापिटलले खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्ने भएको छ। क्यापिटलले सानिमा म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि सानिमा फ्लेक्सी फण्ड नामको खुलामुखी सामुहिक लगानी कोष योजना संचालनको लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो 

क्यापिटलका अनुसार यो योजनाको आकार १ अर्बको हुने छ  र १० रुपैयाँ अंकित दर १० करोड इकाई निष्काशन हुने छ ।  बोर्डबाट अनुमति पाएपछि क्यप्तिअलले फण्ड निष्काशन गर्ने छ 

हाल एनआईबिएल एस क्यापिटल, सिद्धार्थ क्यापिटल, एनआईसी एसिया क्यापिटल , एनएमबि क्यापिटल , लक्ष्मी क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ र कुमारी क्यापिटलले खुलामुखी योजना संचालन गरिरहेका छन् ।   

प्रभु क्यापिटलले पनि धितोपत्र बोर्डमा खुलामुखी योजना निष्काशनको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । त्यस्तै नबिल इन्भेष्टमेन्टले  पनि आफ्नो दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना संचालन गर्न बोर्डमा आवेदन दिएको छ  । हाल संचालनमा रहेका ७ र आवेदन दिएका ३ फण्डले अनुमति पाएपछि नेपालमा खुलामुखी फण्डको संख्या १० पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved