हकप्रद पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो विशेष साधारणसभा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 08:24:56 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएलजी इन्स्योरेन्सले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनीले साउन १५ गते सोमबार साधारणसभा आह्वान गरेको हो ।

साधारणसभासभामा हकप्रद सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुंजीको ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले विशेष साधारणसभा प्रयोजनको लागि साउन ८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

(१) कम्पनीको हालको जारी तथा चूक्ता पूँजी रु.१,४५,९२,७५,७९०/५० (एक अर्ब पैतालीस करोड बयानब्बे लाख पचहत्तर हजार सात सय नब्बे तथा पैसा पचास ) बाट बृद्धि गरी रु. २,४२,२३,९७,८१२/२३ (दुइ अर्ब बयालीस करोड तेइस लाख सन्तानब्बे हजार आठ सय बाह तथा पैसा तेइस) पुऱ्याउने सम्बन्धमा ।
 
(२) कम्पनीको हाल कायम रहेको चूक्ता पूँजी रु. १,४५,९२,७५,७९०/५० (एक अर्ब पैतालीस करोड बयानब्बे लाख पचहत्तर हजार सात सय नब्बे तथा पैसा पचास ) को १० शेयर बराबर ६.६ शेयर (६६ प्रतिशत) को अनुपातले हकप्रद शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
 
(३) हकप्रद शेयर जारी पश्चात कम्पनीको जारी तथा चूक्ता पूंजी बृद्धि भई रु. २,४२,२३,९७,८१२/२३ अर्ब बयालीस करोड तेइस लाख सन्तानब्बे हजार आठ सय बाह्र तथा पैसा तेइस) पुग्ने हुँदा सोही अनुसार जारी तथा चूक्ता पूँजी प्रबन्धपत्रको दफा ५ (ख) (ग) (घ) तथा नियमावलीमा नियम ५ (ख) (ग) (घ) मा संशोधन गर्ने प्रस्ताव स्विकृत गर्ने सम्बन्धमा ।

(४) प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा सम्बन्धित निकायको निर्देशन अनुसार आवश्यक फेरबदल गर्नुपर्ने भएमा सञ्चालक समितिलाई अख्तियारी दिने ।

(५) विविध ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved