आईएमई लाइफ इन्स्योरेन्सको आईपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 13, 2023 | 06:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आईएमई लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओमा आईपिओ शनिवार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटलले शनिवार बिहान ११ बजे क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । आईपिओको प्रि अलोटमेन्ट सम्पन्न भईसकेको छ।

आईएमइ लाइफ इन्स्योरेन्सले  असार २१ गतेदेखि असार २५ गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो। कम्पनीले सर्वसाधारणलाई ९६ लाख कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३६.९१ रुपैयाँमा शेयर निष्काशन गरेको हो । 

 आईपिओ निष्काशनपछि कम्पनीको पुंजी ४ अर्ब पुग्ने छ । नेपाल धितोपत्र बोर्डले आज जेठ २३ गते कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved