घोराही सिमेन्टको आईपिओ बाँडफाँड, लगानीकर्ताले पाए ८० कित्तासम्म शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 03:50:11 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्टले आज दिउँसो नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड गरेको हो।

कम्पनीका अनुसार आईपिओमा कुल ५ लाख ८१ हजार ५ सय ४६ जना आवेदकबाट १ करोड ३ लाख २४ हजार २ सय ६० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ५ लाख ५७ हजार ७ सय १ जना आवेदकको आवेदन मात्र योग्य रहेका छन् । आवेदन दिएका सबै आवेदकले शेयर पाएका छन् । आवेदकले न्युनतम १० देखि अधिकतम ८० कित्तासम्म शेयर पाएका छन् । 

शेयर बाँडफाँड मोडल अनुसार १० कित्ता देखि ७० कित्तासम्मको लागि आवेदन दिने ५ लाख ५३ हजार ४४ जना आवेदकले माग गरे बमोजिम कै शेयर पाएका छन् । त्यस्तै ८० कित्ता देखि ३० हजार कित्ताको लागि आवेदन दिने ४ हजार ६ सय ५७ जनाले समान ७० कित्ता शेयर पाएका छन् । बाँकी रहेको ६ हजार ९ सय १० कित्ता शेयर गोलाप्रथा मार्फत बाँडफाँड गरिएको छ । जस अनुसार ७० कित्ता शेयर पाएका ४ हजार ६ सय ५७ जना मध्येबाट ६ सय ९१ जनाले थप १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा लगानीकर्ताले कुल ८० कित्ता सम्म शेयर पाएका छन् ।

कम्पनीको आईपिओ नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक हिमालयन क्यापिटलको वेबसाइट https://himalayancapital.com/, बिक्री प्रबन्धक नबिल इनभेष्टमेन्टको वेबसाइट https://nabilinvest.com.np/,  सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट नतिजा  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपिओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुन: खुला भएको थियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved