एफपिओ निष्काशन गर्न सुर्योदय ओमी लघुवित्तले चयन गर्यो बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2023 | 04:13:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सुर्योदय ओमी लघुवित्तले एफपिओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले कुमारी क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोक्ष प्रसाद पंगेनी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

कम्पनीले १०० रुपैयाँ अंकित दरको ४६ हजार ७ सय २९ दशमलव ५४५ कित्ता शेयर निष्काशन गर्नको लागेको हो । कम्पनीले कुल ४६ लाख ७२ हजार ९ सय ५४ रुपैयाँ ५० पैसा बराबरको एफपिओ निष्काशन गर्न लागेको हो ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले एफपिओ निष्काशन गर्ने छ  । 

नोट: यस अघि सुर्योदय वोमी लघुवित्त हुनु पर्नेमा अन्यथा भएकोले सच्याईएको छ  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved