४२ प्रतिशतले बढ्यो निफ्राको खुद नाफा, १०५ करोड बाड्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2023 | 08:56:02 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ४२.७१ प्रतिशतले बढेर १ अर्ब ४५ करोड पुगेको छ । 

आर्थिक वर्ष ७८/७९ को चौथो त्रैमासमा कम्पनीको खुद नाफा १ अर्ब २ करोड रहेकोमा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको खुद नाफा ४२.७१ प्रतिशतले बढेर १ अर्ब ४५ करोड पुगेको हो । बैंकको वितरणयोग्य मुनाफा पनि ३१.०३ प्रतिशतले बढेर १ अर्ब ५ करोड पुगेको छ  २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २८ करोड ३२ लाख रुपैयाँ रहेको छ । 

यस अवधिमा बैंकको प्रति शेयर आम्द्नै ६ रुपैयाँ ७६ पैसा, प्रति शेयर नेटवर्थ ११०.५७ रुपैयाँ, र पीई रेसियो ३३.१६ रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved