स्थानीयले मनकामना इन्जिनियरिङ्गको आईपीओ भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 08:44:26 AM मा प्रकाशित

laxmi  sunrise bank

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज साउन ९ गते अन्तिम दिन रहेको छ । कम्पनीले  कम्पनीले असार १९ गतेदेखि आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीयलाई शेयर निष्काशन गरेको हो । 

कम्पनीले ८ लाख कित्ता शेयर आयोजना प्रभावित दोलखा जिल्लाका आयोजना प्रभावितलाई निष्काशन गरेको छ। यस निष्काशनमा दोलखाका गौरीशंकर गाउँपालिकाका वडा नम्बर ५,६,७, र ८ , बिगु गाउपालिकाको वडा नम्बर ४, र कालिन्चोक गाउँपालिकाको वडा नम्बर ३ का स्थानीयले आवेदन दिन सक्ने छन् ।  स्थानीयले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन् ।  शेयर निष्काशनको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । 

कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरिसकेको छ । स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेकालाई शेयर निष्काशन गरि बाँडफाँड गरेपछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

मनकामना इन्जिनियरिङ्गले दोलखाको सिंगटी स्थित ५ मेगावाट विद्युत क्षमताको घट्टेखोला जलविद्युत आयोजना संचालन गरिरहेको छ । कम्पनीले आयोजना निर्माण सम्पन्न गरि २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरीरहेको छ।  आयोजनाको प्रति मेगावाट लागत २७ करोड ८७ लाख रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved