पुँजीबजारमा एनआरएन कसरी भित्र्याउने ? अध्ययन समितिले बुझायो प्रतिवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 25, 2023 | 03:58:55 PM मा प्रकाशित

laxmi sunrise bank

धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउनको लागि अध्ययन गर्न गठित अध्ययन समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। नेपाल धितोपत्र बोर्डका प्रवक्ता तथा सो समितिका सदस्य रहेका मुक्तिनाथ श्रेष्ठले प्रतिवेदन तयार पारी बोर्ड अध्यक्षलाई बुझाईसकिएको जानकारी दिए ।

नेपाल धितोपत्र बोर्डले २०७९ चैत्र १९ गते धितोपत्र बजारमा गैर आवासिय नेपाली भित्राउने सम्बन्धमा अध्ययनगर्न समिति गठन गरेको थियो ।  धितोपत्र बोर्डमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने संचालक सुजन कुमार काफ्लेको संयोजकत्वमा गठित समितिका अन्य सदस्यहरूमा संचालक बोर्डका विज्ञ सदस्य भोला ढुङ्गाना, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र सदस्य सचिवमा बोर्डको उपकार्यकारी निर्देशक दीपा दाहाल रहेका थिए। उक्त समितिले ३ महिनाको समय पाएको थियो 

समितिले धितोपत्र दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैरआवासिय नेपालीलाई समेत भित्र्याई पूँजी बजार मार्फत राष्ट्रिय पूँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउन उपयुक्त हुने बिषयलाई मध्यनजर गर्दै धितोपत्रको दोस्रो बजार कारोबारमा विदेशमा रहेका गैर आवासिय नेपालीलाई भित्र्याउन तथा उनीहरूको लगानीलाई धितोपत्र दोस्रो बजारमा प्रोत्साहन गर्न प्रचलित कानून बमोजिम आवश्यक व्यवस्था गर्नका लागि अध्ययन प्रतिवेदन बनाउने जिम्मा पाएको थियो 

साथै समितिले गैर आवासिय नेपालीलाई नेपालको पूँजी बजारमा भित्र्याउन आवश्यक नियमावली तर्जुमा गरी संचालक बोर्डमा पेश गर्ने, उक्त नियमावली कार्यान्वयनका हुनसक्ने कठिनाई पहिचान गरी सोका लागि आवश्यक कार्यविधि समेत सिफारिस गर्ने कार्यादेश पाएको थियो। 

समिति सदस्य तथा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठले संचालक समितिले दिएको कार्यादेश अनुसार नै प्रतिवेदन तयार पारि बुझाएको जानकारी दिए । अब संचालक समितिले यसको अध्ययन गर्ने र संचालक समितिले निर्णय गरेअनुसार थप काम हुने उनले जानकारी दिए । 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved