एनआईसी एशिया क्यापिटलको साधारणसभा आह्वान, ४६ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 08:16:24 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ३२ गते थापाथली स्थित आफ्नै कर्पोरेट कार्यालयमा आर्थिक वर्ष २०७९/८० को साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने  नौ करोड बीस लाख रुपैयाँ नगद लाभांश वितरण गर्न प्रस्ताव गरेको छ। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

१. आर्थिक वर्ष २०७९ / ०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात र मिति २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्त सम्मको नाफा नोक्सान हिसाब, नाफा नोक्सान बाँडफाँड हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरि पारित गर्ने ।

३. संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४६ प्रतिशत (कर सहित) का दरले हुन आउने कर सहित रु.९,२०,००,०००/- (अक्षरेपी नौ करोड बीस लाख मात्र) नगद लाभांश वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

४. आर्थिक वर्ष २०८० / ०८१ को लागि कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिश बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved