समाज लघुवित्तको साधारणसभा आह्वान , यस्ता छन् ६ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 26, 2023 | 03:44:12 PM मा प्रकाशित

laxmi  sunrise bank

समाज लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले साउन ३१ गते सर्लाहीको मलंगवामा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहित विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुंजी २ करोड रहेको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २१ देखि साउन ३१ सम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । साउन २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

 सामान्य प्रस्तावहरु :

१) सञ्चालक समितीको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नुहुने आ. ब. २०७८ / ०७२ को बार्षिक प्रतिवेदन उपर छलफल गरी निर्णय पारित गर्ने ।

२) बाह्य लेखा परिक्षकले तयार पारेको लेखा परीक्षण प्रतिवेदन सहित २०७९ अषाढ मसान्तको बासलात तथा आर्थिक बर्ष २०७८ / ०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण, सोहि अवधिको वित्तीय विवरण तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने ।

३) लेखापरिक्षण समितिबाट सिफारिस भए बमोजीम आर्थिक वर्ष २०७९ / ८० को लेखा परिक्षण गर्न लेखा परीक्षकको नियुक्ति एवमं निजको पारिश्रमिक निर्धारण गर्ने ।

४) संचालक समितिको सिफारिस बमोजिम यस वित्तीय संस्थाको आर्थिक वर्ष २०७८ / ०७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.२,००,००,०००/- को ०.७५ प्रतिशतले हुने आउने रकम रु. १,५०,०००/- (अक्षरेपी एक लाख पचास हजार मात्र) नगद लाभंश (बोनस शेयर बापतको कर प्रयोजनका लागी मात्र) वितरण गर्न स्वीकृत गर्ने ।

विशेष प्रस्तावहरु

१) संचालक समितिको सिफारिस बमोजिम यस वित्तीय संस्थाको आर्थिक बर्ष २०७८ / ०७९ को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी रु.२,००,००,०००/- को १४.२५ प्रतिशतले हुन आउने रकम रु.२८,५०,०००/- (अक्षरेपी अठाइस लाख पचास हजार मात्र) बराबरको बोनस शेयर वितरण गर्न स्वीकृती प्रदान गर्ने ।

२) यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य "घ" वर्गका कुनै एक वा एक भन्दा बढी वित्तीय संस्थाहरू एक आपसमा गाभ्न गाभिन (Merger) वा प्राप्ति (Acquisition) गर्ने वा शाखा खरिद गर्न समझदारी पत्र (Memorandum या Understanding ) मा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वको मुल्यांकन प्रतिवेदन (Due Diligence Audit Report) तयार गर्न परामर्शदाता मुल्यांकनकर्ता तथा लेखापरीक्षकहरू नियुक्त गर्ने तथा गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धी प्रचलित कानुन तथा निर्देशनहरू अनूरुप गर्नूपर्ने सम्पुर्ण आवश्यक कार्य, प्रकृयाहरू पुरा गरी अन्तिम स्वीकृति लिई कार्यान्वयन गर्ने तथा सो सम्बन्धमा नियामक निकायहरूबाट निर्देशन गरे बमोजिमका विवरणहरू उपलब्ध गराउने लगायत आवश्यक सम्पुर्ण कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved