१०.४१ प्रतिशतले बढ्यो सिटिजन्स बैंकको खुद नाफा, १ अर्ब ३ करोड बाड्न मिल्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 08:33:49 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले आर्थिक वर्ष २०७९/८० को अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद नाफा १०.४१ प्रतिशतले बढेको छ 

आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद नाफा २ अर्ब ५६ लाख खुद नाफा गरेकोमा आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद नाफा बढेर २ अर्ब २१ करोड पुगेको हो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.३० प्रतिशतले बढेर ५ अर्ब ८५ करोड रहेको छ । त्यस्तै कुल संचालन आम्दनि १०.७९ प्रतिशतले बढेर ६ अर्ब ९३ करोड पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा भने २१.९८ प्रतिशतले घटेर १ अर्ब ३ करोड कायम भएको छ । 

समिक्षा अवधिमा बैंकको निक्षेप १०.५० प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब पुगेको छ भने कर्जा प्रवाह ६.९० प्रतिशतले बढेर १ खर्ब ४० अर्ब पुगेको छ । बैंकको खराब कर्जा भने २.२२ प्रतिसहतबाट बढेर ३.१९ प्रतिशत पुगेको छ   १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ संचित रहेको छ।

यस अवधिमा बैंकको प्रति शेयर आम्द्नै १५.५९ रुपैयाँ , प्रति शेयर नेटवर्थ १५०.०८ रुपैयाँ र पीई रेसियो ११.१ गुणा रहेको छ  १४ अर्ब २० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ११ करोड २० लाख रुपैयाँ सञ्चित छ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved