सम्भावित जोखिममा ठूलो रकम छुट्याउदा लुम्बिनी विकास बैंकको नाफा प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 09:12:19 AM मा प्रकाशित

laxmi  sunrise bank

लुम्बिनी विकास बैंकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद नाफा ३.८८ प्रतिशतले घटेको छ 

आर्थिक वर्ष २०७८/७९ मा बैंकको खुद नाफा ६३ करोड ७१ लाख रहेकोमा आर्थिक वर्ष २०७९/८० मा बैंकको खुद नाफा ६१ करोड २४ लाख कायम भएको छ । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २२.३१ प्रतिशतले बढेर १ अर्ब ८७ करोड रहेको छ । बैंकले सम्भावित जोखिमको लागि ठुलो रकम छुट्याएकोले खुद ब्याज आम्दानी बढ्दा पनि बैंकको खुद नाफा घटेको हो 

 बैंकले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट चार्जको रुपमा ४० करोड ३१ लाख छुट्याएको छ जुन अघिल्लो वर्षको तुलनामा १०८३ प्रतिशत बढी हो । बैंकको खराब कर्जा १.६८ प्रतिअसहतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ । 

यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ३९ करोड २७ लाख रहेको छ । ३ अर्ब ३८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ संचित छ। यस अवधिमा बैंकको निक्षेप् १४.६० प्रतिशतले बढेर ४ अर्ब ९१ करोड पुगेको छ भने कर्जा प्रवाह ९.१८ प्रतिशतले बढेर ४ अर्ब १५ करोड पुगेको छ

समिक्षा अवधिमा बैंकको प्रति शेयर आम्दानी १८ रुपैयाँ ११ पैसा, प्रति शेयर नेत्वार्थ १८२.१७ रुपैयाँ, र पी रेसियो २२.८१ गुणा रहेको छ 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved