अब ७ वटा नयाँ ब्रोकरमा पनि डिम्याट खाता खोल्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2023 | 02:55:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससीले ७ वटा नयाँ ब्रोकरहरुलाई डिपोजिटरी पार्टीसिपेन्ट (डिपी) को सदस्यता प्रदान गरेको छ । आज शुक्रबार सिडीएससीले शेयर कारोबार सुरु गरिसकेका ७ नयाँ ब्रोकरलाई डिपीको सदस्यता प्रदान गरेको छ ।  यस संगै अब यी कम्पनीले डिम्याट खाता खोल्ने सुविधा प्रदान गर्ने छन् । 

सिडीएसबाट डिपी सदस्यता पाउनेमा भोले गणेश सेक्युरिटिज लिमिटेड, क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड, हिमालय ब्रोकरेज लिमिटेड, सन सेन्युरिटिज प्रा.लि., शेयरप्रो सेक्युरिटिज प्रा.ली. मियो सेक्युरिटिज प्रा.लि.,  र प्रोपर्टी विजार्ड लिमिटेड रहेका छन् । जस अनुसार भोले गणेश सेक्युरिटिज ब्रोकर नम्बर ६१, क्यापिटल म्याक्स सेक्युरिटिज ब्रोकर नम्बर ६२, हिमालय ब्रोकरेज ब्रोकर नम्बर ६३ , सन सेन्युरिटिज ब्रोकर  नम्बर ६४, शेयरप्रो सेक्युरिटिज ब्रोकर  नम्बर ६५,  मियो सेक्युरिटिज ब्रोकर नम्बर ६६ र प्रोपर्टी विजार्ड लिमिटेड ब्रोकर नम्बर ६७ को रुपमा रहेका छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved