सिटिजन लाइफ इन्स्योरेन्सको ११ लाख २५ हजार कित्ता आईपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2023 | 08:39:09 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्सले आज वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज साउन १४ गते अन्तिम दिन रहेको छ ।

कम्पनीले असार ३१ बाट वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि १ सय रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २४४ रुपैयाँमा  शेयर निष्काशन गरेको हो ।  कम्पनीले ११ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृती लिएर विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको छ। आवेदन दिंदा न्यूनतम १० कित्तादेखि अधिकतम् ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । शेयर निष्काशनको लागि एनआइएमबी एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ  । कम्पनीले हाल जारी पूँजी ३ अर्ब ७५ करोडको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved