स्वस्तिक लघुवित्तले आईपीओ निष्काशन गर्न चयन गर्यो बिक्री प्रबन्धक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2023 | 10:02:43 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको हो ।

सम्झौतामा कम्पनीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत धिरेन्द्र लाल कर्ण र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।

 स्वस्तिक लघुवित्तले आफ्नो अधिकृत पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गर्न लागेको हो । 

कम्पनी ऐन २०६३ बमोजिम स्थापित स्वस्तिक लघुवित्त वित्तीय संस्थाको रजिष्टर्ड कार्यालय सिरहा जिल्ला लहान न.पा. वडा नम्बर ८ मा रहेको छ । स्वस्तिक लघुवित्त मधेश प्रदेशस्तरको लघुवित्त वित्तीय संस्था हो र हाल १३ हजार भन्दा बढि परिवारमा वित्तीय सेवाहरु प्रदान गर्दे आईरहेको छ । 

स्वस्तिक लघुवित्तले समाज लघुवित्तसंग मर्जर सम्झौता गरेपनि विवाद बढेपछि मर्जर सम्झौता रद्द भएको थियो  । राष्ट्र बैंकले डिमर्जको स्वीकृति दिएसंगै अब कम्पनीले आईपीओ निष्कासन पक्रिया अघि बढाएको हो  । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved