शर्ट सेलिङ्ग र इन्ट्रा डे कारोबार गराउने तयारीमा धितोपत्र बोर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2023 | 04:44:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले  शर्ट सेलिङ्ग (Short Selling), र इन्द्रा डे कारोवार (Intra Day Trading) बारे  विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गराउने भएको छ। बोर्डले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवं नयाँ धितोपत्र औजारहरूको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्न विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गरिने उल्लेख गरेको हो ।

बोर्डले भनेको छ 'धितोपत्र बजारको विकास र विस्तार गर्न, बजार संरचनाको स्वरूपमा परिवर्तन गर्न एवं नयाँ धितोपत्र औजारहरूको संचालनका लागि सहजीकरण गर्न आवश्यक नीतिगत, प्रक्रियागत तथा संस्थागत व्यवस्था गर्न शर्ट सेलिङ्ग (Short Selling), इन्द्रा डे कारोवार (Intra Day Trading), अक्सन मार्केट (Auction Market) र Securities Lending and Borrowing को व्यवस्था गर्न र नयाँ औजारहरू इक्विटी डेरिभेटिभ्स् लगायत धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी अन्य समसामायिक विषयका सम्बन्धमा विज्ञहरू मार्फत अध्ययन तथा अनुसन्धान गरिनेछ ।'


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved