गोल्छा ग्रुपका कर्मचारीले एनआईबीएल सहभागिता फण्डमा लगानी गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 30, 2023 | 07:21:59 PM मा प्रकाशित

laxmi  sunrise bank

गोल्छा ग्रुपका कर्मचारीले एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा लगानी गर्ने भएका छन्  । यस सम्झौता अन्तर्गत हिम इलेक्ट्रोनिक्स् प्रा. लि. तथा हंसराज हुलासचन्द एन्ड को. प्रा. ली. का कर्मचारीहरुले आफ्नो ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डको व्यवस्थित लगानी योजना (SIP) मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा हंसराज हुलासचन्द एन्ड को. प्रा. लि. का तर्फबाट कम्पनिका सहायक महाप्रबन्धक - एच. आर. नीता राणा , तथा हिम इलेक्ट्रोनिक्स् प्रा.लि.का तर्फबाट उप-प्रबन्धक नीलम केसी  र एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट कम्पनीका नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गाना ज्यूले हस्ताक्षर गरेका छन् ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (साविकको नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड) द्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्ड अर्न्तगतका योजनाहरुको योजना व्यवस्थापक तथा डिपोजटरी रहेको एनआईएमबी एस क्यापिटल लिमिटेड साविकको एनआईबीएल एस क्यापिटल लिमिटेड) र गोल्छा ग्रुप अन्तर्गत संचालित कम्पनीहरु हिम इलेक्ट्रोनिक्स् प्रा.लि. र हंसराज हुलासचन्द एन्ड को. प्रा. लि. बिच एनआईबीएल म्युचुअल फण्ड अर्न्तगत सञ्चालित एनआईबीएल सहभागिता फण्डमा “ Corporate Payroll SIP” लगानी गर्ने उद्देश्यका साथ सम्झौता पत्रमा भएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved