सम्भावित जोखिममा ठूलो रकम छुट्याउदा फर्स्ट माइक्रोफाइनान्सको नाफा प्रभावित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2023 | 08:58:00 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा फर्स्ट माइक्रो फाइनान्सको खुद नाफा २३.३९ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २५ करोड ७० लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष २०७९/८० मा कम्पनीको खुद नाफा घटेर १९ करोड ६९ लाख मै सिमित भएको हो ।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १.८७ प्रतिशतले बढेर ४३ करोड ३४ लाख पुगेको छ । कम्पनीको संचालन मुनाफा २३.४२ प्रतिशतले घटेर २८ करोड ४७ लाखमा सिमित भएको छ । त्यस्तै कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्टाएको रकम १६९.५३ प्रतिशतले बढेर ११ करोड ६५ लाख पुगेको छ । यसले गर्दा कम्पनीको नाफा प्रभावित भएको छ ।

यस अवधिमा कम्पनीको खराब कर्जा ०.६६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष कम्पनीको खराब कर्जा थिएँन । 

नाफा घटेपछि कम्पनीको वितरणयोग्य मुनाफा पनि घटेको छ। कम्पनीको वितरणयोग्य मुनाफा १९.११ प्रतिशतले  घटेर १७ करोड ७१ लाखमा सिमित भएको छ । १ अर्ब १४ करोड चुक्ता पुँजी रहको यस कम्पनीको रिजर्भमा ४३ करोड ४६ लाख रहेको छ । 

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी १७ रुपैयाँ १६ पैसा, प्रति शेयर नेटवर्थ १३७ रुपैयाँ ८७ पैसा, र पीई रेसियो ४२.९१ गुणा रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved