७८.५० प्रतिशतले घट्यो हिमालयन लघुवित्तको मुनाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2023 | 09:12:11 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० मा हिमालयन लघुवित्तको खुद नाफा ७८.५० प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा कम्पनीले ७ करोड १४ लाख खुद नाफा गरेकोमा आर्थिक वर्ष ७९/८० मा कम्पनीको खुद नाफा घटेर १ करोड ५३ लाखमा सिमित भएको छ 

कम्पनीको खुद ब्याज आम्दानी २४.५२ प्रतिशतले घटेर २० करोड २३ लाख पुगेको छ। त्यस्तै संचालन मुनाफा ७९.०४ प्रतिशतले घटेर २१ करोड ९९ लाख लाख कायम भएको छ  । कम्पनीको वितरणयोग्य मुनाफा भने ६० लाख ९८ हजार मात्रै रहेको छ 

कम्पनीले सम्भावित जोखिमको लागि इम्पेरमेन्ट चार्ज अन्तर्गत १ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ। इम्पेरमेन्ट चार्जको रकम बढ्दा र खुद ब्याज आम्दानी पनि घट्दा कम्पनीको नफा प्रभावित भएको छ । कम्पनीको खराब कर्जा १.४७ प्रतिशतबाट बढेर २.३७ प्रतिशत पुगेको छ ।कम्पनीको चुक्ता पुँजी ३१ करोड ९८ लाखरहेको छ भने संचितमा १३ करोड ९६ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ८१ पैसा, प्रति शेयर नेटवर्थ १४३.६८ रुपैयाँ, र पई रेसियो १५६.८९ गुणा रहेको छ। 

यो कम्पनी साविकको सिभिल लघुवित्त हो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरेपछि सिभिल बैंकको सहायक कम्पनीको रुपमा रहेको सिभिल लघुवित्तको नाम परिवर्तन गरेर हिमालयन लघुवित्त कायम गरिएको हो ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved