पुँजीबजारमा तेस्रो सिमेन्ट कम्पनी आउँदै, सोनापुरले प्रिमियममा आईपीओ जारी गर्न पायो अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2023 | 05:06:53 PM मा प्रकाशित

laxmi  sunrise bank
सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले आज साउन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति प्रदान गरेको हो । 

कम्पनीले प्रिमियम मूल्यमा १ करोड २३ लाख २ सय कितात शेयर निष्काशनको लागि अनुमति पाएको हो ।  कम्पनीले स्थानीय र कर्मचारीलाई प्रति कित्ता २२५ रुपैयाँमा र सर्वसाधारणलाई प्रति कित्ता २३७.५८ रुपैयाँमा शेयर निष्काशनको लागि अनुमति पाएको हो  । शेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले आसोज ४ गते शेयर निष्काशनको अनुंती माग गर्दै बोर्डमा आवेदन दिएको थियो। दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो । 

सोनापुरले शेयर निष्काशनको अनुंती पाएसंगै नेपाली पुँजीबजारमा सिमेन्ट कम्पनीको संख्या ३ पुग्ने भएको छ । हाल शिवम सिमेन्ट बजारमा सुचिकृत रहेको छ ।  घोराही सिमेन्टले शेयर निष्काशन गरि बाँडफाँड समेत सकेर शेयर सूचीकरण प्रक्रियामा रहेको छ । 

सर्वोतम सिमेन्टले पनि आईपीओ जारी गर्न अनुमति माग गरेको छ ।  सर्वोत्तमले भने बुक विल्डिङ विधिबाट शेयर निष्काशन गर्न अनुमति मागेको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved