आर्थिक वर्ष २०७९/८० को मा कामना सेवा विकास बैंकको खुद नाफा २६.९३ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७८/७९ मा बैंकको खुद नाफा ५९ करोड रहेकोमा आर्थिक वर्ष ७९/८० मा बैंकको नाफा घटेर ४३ करोड ११ लाख सिमित भएको छ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६५ प्रतिशतले बढेर २ अर्ब १६ करोड पुगेको छ । बैंकको संचालन मुनाफा भने २०.०५ प्रतिशतले घटेर ६९ करोड १५ लाख कायम भएको छ । बैंकले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ७६.१० प्रतिशतले बढेर ५० करोड पुगेको छ । यसले गर्दा खुद ब्याज आम्दानी बढे पनि बैंकको नाफा घटेको छ । कम्पनीको खराब कर्जा २.३१ प्रतिशतबाट बढेर २.९८ प्रतिशत पुगेको छ ।
खुद नाफा घटेसंगै बैंकको वितरणयोग्य मुनाफा पनि घटेको छ । बैंकको वितरणयोग्य मुनाफा ५ करोड ८० लाख मात्र रहेको छ । यस अवधिमा बैंकको निक्षेप १५.६० प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ३.६६ प्रतिशतले बढेको छ ।
यस अवधिमा बैंकको प्रति शेयर आम्दानी १३ रुपैयाँ १४ पैसा, प्रति शेयर नेटवर्थ १४६ रुपैयाँ ४६ पैसा, र पीइ रेसियो २४.८८ गुणा रहेको छ ।
३ अर्ब २८ करोड चुक्ता पुँजी रहेको बैंकको रिजर्भमा १ अर्ब ४६ करोड र संचितिमा ५ करोड ८० लाख रहेको छ।