गणपति लघुवित्त र गुराँस लघुवित्तले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेका छन् । विवरण अनुसार दुवै कम्पनीको खुद नाफा घटेको छ ।
जस अनुसार गणपति लघुवित्तको खुद नाफा ६७.८४ प्रतिशत घटेको छ । आर्थिक वर्ष ७८/७९ मा कम्पनीले २ करोड १८ लाख खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७९/८० मा कम्पनीको खुद नाफा घटेर ७० लाख २८ हजार मै सिमित भएको छ । कम्पनीको खुद ब्याज आम्दानी १४.७१ प्रतिशतले घटेको छ भने संचालन मुनाफा ५६.८३ प्रतिशतले घटेको छ । यस अवधिमा गणपतिको वितरणयोग्य मुनाफा ८३ लाख ७९ हजार रहेको छ । कम्पनीको खराब कर्जा १.६४ प्रतिशतबाट बढेर ४.५२ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैयाँ ६४ पैसा, र प्रति शेयर नेटवर्थ १२९ रुपैयाँ २४ पैसा रहेको छ। १५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा काेषमा ३ करोड ९३ लाख रुपैयाँ संचित छ।
त्यस्तै गुराँस लघुवित्तको खुद नाफा ३१.०७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७८/७९ मा कम्पनीले ४१ लाख ३९ हजार खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७९/८० मा कम्पनीको खुद नाफा घटेर २८ लाख ५३ हजार मै सिमित भएको छ । कम्पनीको खुद ब्याज आम्दानी १७.१४ प्रतिशतले घटेको छ भने संचालन मुनाफा ३२.८३ प्रतिशतले घटेको छ । कम्पनीको खराब कर्जा ४.९४ प्रतिशतबाट घटेर ४.६३ प्रतिशत पुगेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ८१ पैसा, र प्रति शेयर नेटवर्थ १२० रुपैयाँ २६ पैसा रहेको छ। १० करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा काेषमा २ करोड ५ लाख रुपैयाँ संचित छ।