सम्पत्ति शुद्धिकरणबारे नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखिकरण कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 03, 2023 | 07:25:37 PM मा प्रकाशित

laxmi  sunrise bank

सम्पत्ति शुद्धिकरणबारे नेपाल मर्चेण्ट बैंकर संघको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । नेपाल मर्चेण्ट बैंकर्स संघको संयोजकत्व र नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्ड संगको सहकार्यमा  एएमएल/सिएफटी र गो ए एम एल एप्लिकेसन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण तथा आतङकबादी क्रियाकलापमा बित्तिय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति तथा कार्ययोजना अनुसार धितोपत्र क्षेत्रमा सफ्टवेयर सिस्टम पूर्ण रुपमा लागू गराउन सूचक संस्थाहरुले  गो ए एम एल (प्रोडक्सन इनभाइरोन्मेन्ट) मा यथाशीघ्र आवद्ध हुनुपर्ने प्रावधान बमोजिम सो सम्बन्धमा नेपाल राष्ट्र बैंक, वित्तिय जानकारी ईकाई तथा नेपाल धितोपत्र बोर्डका बिज्ञहरुबाट जानकारीमूलक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको संघले जनाएको छ। कार्यक्रममा नेपाल धितोपत्र बोर्डमा दर्ता भई संचालनमा रहेका सबै मर्चेण्ट बैंकरहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नियामक निकायबाट उपस्थित भएका पदाधिकारीहरु तथा उपस्थित सम्पूण सहभागिहरुलाई नेपाल मर्चेण्ट बैंकर्स संघ को तर्फबाट अध्यक्ष बिजय लाल श्रेष्ठले धन्यबाद ज्ञापन गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved