आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा सानिमा बैंकको खुद नाफा २५.१३ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७८/७९ मा बैंकले २ अर्ब ९ करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७९/८० मा बैंकको खुद नाफा बढेर २ अर्ब ६१ करोड पुगेको हो ।
बैंकको खुद ब्याज आम्दानी ३९.५० प्रतिशतले बढेर ६ अर्ब ४८ करोड पुगेको छ । बैंकको संचालन मुनाफा २७.९६ प्रतिशतले बढेर ३ अर्ब ७८ करोड पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २० करोड रहेको छ । बैंकको लाभांश क्षमता १७.७३ प्रतिशत रहेको छ ।
१२ अर्ब ४६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ संचित छ। बैंकको खराब कर्जा भने ०.३३ प्रतिशतबाट बढेर १.३ प्रतिशत पुगेको छ ।
बैंकको निक्षेप ११.५१ प्रतिशतबाट बढेर १ खर्ब ७५ अर्ब पुगेको छ भने कर्जा प्रवाह ६.५० प्रतिशतले बढेर १ खर्ब ४५ अर्ब पुगेको छ ।
यस अवधिमा बैंककोप्रति शेयर आम्दानी २१ रुपैयाँ २ पैसा, प्रति शेयर नेटवर्थ १ सय ५५ रुपैयाँ ५१ पैसा र पीई रेसियो १२.३९ गुणा रहेको छ ।