सिद्धार्थ बैंकको खुद नाफा ३ अर्ब १९ करोड, बाड्न मिल्ने कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 08:49:17 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा सिद्धार्थ बैंकको खुद नाफा ९.९१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष ७८/७९ मा बैंकले २ अर्ब ९० करोड खुद नाफा कमाएकोमा आर्थिक वर्ष ७९/८० मा बैंकको खुद नाफा बढेर ३ अर्ब १९ करोड पुगेको हो 

बैंकको खुद ब्याज आम्दानी २३.९७ प्रतिशतले बढेर ८ अर्ब १७ करोड पुगेको छ । बैंकको संचालन मुनाफा ९.८३ प्रतिशतले बढेर ४ अर्ब ६८ करोड पुगेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७  लाख रहेको छ ।  बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत रहेको छ 

१४ अर्ब ८ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ अर्ब ३७ करोड रुपैयाँ रुपैयाँ संचित छ।  बैंकको खराब कर्जा भने १.०७ प्रतिशतबाट बढेर २.०१ प्रतिशत पुगेको छ । बैंकले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत १ अर्ब १२ करोड रकम छुट्याएको छ 

बैंकको निक्षेप १६.७६ प्रतिशतले बढेर २ खर्ब २३ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३.०६ प्रतिशतले बढेर १ खर्ब ८४ अर्ब पुगेको छ  । 

यस अवधिमा बैंककोप्रति शेयर आम्दानी २२ रुपैयाँ ६४  पैसा, प्रति शेयर नेटवर्थ १ सय ८० रुपैयाँ ७३ पैसा र पीई रेसियो ११.१७ गुणा रहेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved