७२ मा ओपनिङ भएपछि कारोबार नभएको समाज लघुवित्तको शेयर मूल्य अब ६५ रुपैयाँ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2023 | 10:40:33 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समाज लघुवित्तको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४.१५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य प्रति कित्ता ६५.५६ रुपैयाँ कायम भएको छ । समायोजन अघि कम्पनीको शेयर मूल्य ७४.९० रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनको लागि साउन २१ देखि साउन ३१ सम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।   कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  हाल कायम चुक्ता पुंजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् । हाल कम्पनीको चुक्ता पुंजी २ करोड रहेको छ ।

आईपीओ बाँडफाँड भएको ३ वर्षपछि नेप्सेमा कम्पनीको कारोबार भएको थियो । तर कम्पनीको कारोबार अंकित मूल्य १०० रुपैयाँभन्दा कम अर्थात् ७२.१० रुपैयाँमा खुलेको थियो । थोरै मूल्यमा कारोबार खुलेपछि १४ कारोबार योग्य दिन मध्ये केवल ५ दिन कम्पनीको कारोबार भयो । पहिलो दिन अर्थात् साउन १ गते कम्पनीको कारोबार ७२.१० रुपैयाँमा खुल्यो र त्यस दिन जम्मा २१ कित्ता मात्र शेयर कारोबार भयो  । त्यसपछि १ हप्तापछि मात्र अर्थात् साउन ८ मा मात्र कम्पनीको दोस्रो कारोबार भयो। त्यस दिन ७३.५० रुपैयाँमा १० कित्ता मात्र कारोबार भयो  । 

साउन ११ गते र साउन १४ गते क्रमश ६ कित्ता र ४ कित्ता  ७३.५० रुपैयाँमा कारोबार भयो । साउन १८ गते ७४.९० रुपैयाँमा १० कित्ता कारोबार भयो  । अर्थात् कारोबार खुलेको मूल्यको तुलनामा कम्पनीको शेयर मूल्य १४ दिनमा २.८० रुपैयाँ मात्र बढ्यो । 

अब मूल्य समायोजन भएर कम्पनीको शेयर मूल्य प्रति कित्ता ६५.५६ रुपैयाँ कायम भएसंगै कम्पनीको कारोबार सहजै हुने देखिदैन। लागत मूल्य भन्दा कम मूल्यमा लगानीकर्ताले शेयर बेच्न नचाहेर यो अवस्था आएको हो ।

कम्पनीले २०७७ मा आईपीओ निष्काशन गरेको थियो । आईपीओ निष्काशन गरेको एक महिना पनि नपुग्दै  २०७७ साल असोज ५ गते समाज लघुवित्तले स्वस्तिक लघुवित्तसंग मर्जरको लागि सम्झौता गरेको थियो। तर मर्जरले गति लिन सकेको थिएँन र दुई संस्थाबीच विवाद बढ्दै गएको थियो । विवाद बढेपछि राष्ट्र बैंकले २०८० जेठ २६ गते दुई संस्थालाई डिमर्जको लागि स्वीकृति दिएको थियो।

त्यससंगै आईपीओ बाँडफाँड भएको ३ वर्षपछि बल्ल लगानीकर्ताले समाज लघुवित्तको शेयर खरिद बिक्री गर्न सक्ने भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved