कृषि विकास बैंकले आफ्नो अपरिस्कृत वित्तीय विवरणमा वितरणयोग्य आम्दानी प्रति शेयरको विवरण सच्याएको छ । बैंकले हिजो आइतबार प्रकाशित विवरणमा अन्यथा उल्लेख भएकोले आज भुल सुधार भन्दै विवरण सच्याएको हो।
जस अनुसार बैंकले आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य आम्दानी प्रति शेयर १४ रुपैयाँ ९२ पैसा र आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य आम्दानी प्रति शेयर २६ रुपैयाँ ७० पैसा रहेको जनाएको छ।
बैंकले हिजो प्रकाशन गरेको विवरणमा भने आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य आम्दानी प्रति शेयर १९ रुपैयाँ ८९ पैसा र आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य आम्दानी प्रति शेयर ३५ रुपैयाँ ६१ पैसा रहेको उल्लेख थियो।
आर्थिक वर्ष २०७९/८० मा बैंकले ३ अर्ब ९ करोड खुद नाफा कमाएको छ भने वितरणयोग्य मुनाफा भने २ अर्ब रहेको छ।