याम्बलिङ हाइड्रोले आईपीओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2023 | 10:51:50 AM मा प्रकाशित

laxmi  sunrise bank

याम्बलिङ हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ १३ गते बुधबार होटेल हार्दिकमा साधारणसभा आह्वान गरेको हो ।

सभामा कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ । कम्पनीले सिन्धुपाल्चोकमा ७.२७१ मेगावाटको याम्बलिङ खोला जल्विआद्युत आयोजना निर्माण गरिरहेको छ । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव

साधारण प्रस्ताव

क) कम्पनीको तर्फबाट कार्यकारी अध्यक्षज्यूले पेश गर्नु हुने आ.व. २०७९/८० को बार्षिक प्रतिवेदन उपर छलफल गरि निर्णय गर्ने ।

ख) कम्पनीको आ.व.२०७९/८० को लेखापरिक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण तथा अनुसूचीहरु उपर छलफल गरी निर्णय गर्ने ।

ग) कम्पनीको आ.व. २०८०/८१ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने सम्बन्धी ।

घ) कम्पनीको प्रारम्भीक सार्वजनिक निष्काशन (IPO) गर्ने सम्बन्धी ।

ङ) संचालक समितिको मिति २०८० श्रावण २१ गतेको IPO बाट प्रप्त रकम उपयोग सम्बन्धी निर्णय अनुमोदन गर्ने ।

च) संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धी ।

छ) कम्पनीको नियमावली बमोजिम संस्थापक समूहवाट ४ जना र स्वतन्त्र समूहबाट १ जना संचालकको निर्वाचन सम्वन्धी ।


विशेष प्रस्ताव

क) कम्पनीको ऐन २०६३ को दफा १०५ (ख) बमोजिम ऋण लिने सम्वन्धमा संचालक समितिले मिति २०७८।१०।१० गते र मिति २०८०।०३।१४ गते गरेको निर्णय अनुमोदन सम्बन्धी ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved