१४६ प्रतिशतले बढ्यो स्वावलम्बन लघुवित्तको वितरणयोग्य मुनाफा, खराब कर्जा ८ प्रतिशत माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 09:17:03 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० मा स्वावलम्बन लघुवित्तको खुद नाफा २१.२५ प्रतिशतले बढेको छ । आर्थिक वर्ष ७८/७९ मा कम्पनीको खुद नाफा २७ करोड ९९ लाख रहेकोमा आर्थिक वर्ष ७९/८० मा कम्पनीको खुद नाफा बढेर ३३ करोड ९३ लाख पुगेको छ । 

यस अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा १४६.३० प्रतिशतले बढेर २५ करोड ७० लाख पुगेको छ । कम्पनीको निक्षेप ६.८० प्रतिशतले बढेको छ भने कर्जा प्रवाह ३.१२ प्रतिशतले घटेको छ ।

कम्पनीको खुद ब्याज आम्दानी भने ८.१९ प्रतिशत तथा संचालन मुनाफा १०.६९ प्रतिशत घटेको छ। कम्पनीले सम्भावित जोखिमको लागि इम्पयेरमेन्ट चार्ज अन्तर्गत छुट्याएको रकम ५२.५८ प्रतिशतले घटेर ३५ करोड २७ लाख कायम भएको छ ।

१ अर्ब २९ करोड चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा १ अर्ब ९६ करोड रहेको छ । यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २६.३० रुपैयाँ, प्रति शेयर नेटवर्थ २५२.४६ रुपैयाँ, र पीई रेसियो ३४.२५ गुणा रहेको छ । कम्पनीको खराब कर्जा भने ५.८८ प्रतिशतबाट बढेर ८.६६ प्रतिशत पुगेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved