ब्रोकर नम्बर ६५ शेयरप्रोको अफर: ३६५ जनालाई डिम्याट र मेरोशेयर निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 04:09:48 PM मा प्रकाशित

laxmi  sunrise bank

ब्रोकर नम्बर ६५ शेयरप्रो सेक्यूरिटीज प्रालिले आफ्ना नयाँ ग्राहकहरुलाई लक्षित गरेर आकर्षक छुटका कार्यक्रमहरु सार्वजनिक गरेको छ । कम्पनीले डिम्याट र मेरोशेयरमा छुट अफर सार्वजनिक गरेको हो । 

धितोपत्र बजारमा रुची राख्ने जो कोहि व्यक्तिले यो योजनामा सहभागी भई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।

कम्पनीले आजकै मितिबाट लागु हुने गरी प्रथम ३६५ जना नयाँ ग्राहकहरुलाई डिम्याट खाता तथा मेरो शेयर सदस्यतामा शतप्रतिशत छुटको योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत पहिलो ३६५ जना ग्राहकले निःशुल्क डिम्याट खाता तथा मेरो शेयर सदस्यता लिई कारोबार गर्न सक्ने कम्पनीलेजनाएको छ।

शेयरप्रो सेक्यूरिटीज मिति २०८०।०२।०९ मा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरी मिति २०८०।०३।२८ बाट धितोपत्र दलाली र निक्षेप सदस्यको सेवा प्रदान गर्दै आइरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved