शेयरमा बुझेर मात्र लगानी गर्नुहोस्, डुबेपछि सरकारले उद्दार गरोस् भन्ने होइन: अध्यक्ष हमाल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 05:14:01 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बुझेर र कम्पनीबारे अध्ययन गरेर मात्र शेयरमा लगानी गर्न आग्रह गरेका छन् । नयाँ ब्रोकरहरुको स्वागतको लागि धितोपत्र ब्रोकर्स एसोसियन अफ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बोर्ड अध्यक्ष हमालले लगानीकर्ताले बुझेर लगानी गर्नु पर्ने बताएका हुन् ।

उनले वित्तीय साक्षरताको अवस्था कमजोर रहेको बताउदै बुझ्ने व्यक्तिले मात्र लगानी गर्नु उपयुक्त हुने बताए । उनले भने 'मेरो शेयर विशेष अनुरोध रहेको छ,  पौडी खेल्न नजान्ने मान्छेले पौडी खेले जस्ताे गर्नु भएन, डुबेर सरकारले उद्दार गरिदिनु पर्छ भन्ने भएन , जान्ने मान्छेले मात्र लगानी गर्नु पर्छ ।'

उनले अहिलेकाे नयाँ कानुन तथा नियमावली भित्र रहेर काम गर्नु पर्ने र लगानी कर्तालाई बढी बुझाउनु पर्ने आवश्यकता रहेको बताए । लगानीकर्तालाई बुझाउने विषयमा सबैले काम गर्नु पर्ने उनको भनाई थियो । उनले अधिक कम्पनीलाई पब्लिक कम्पनीमा जान पाेत्साहन गर्नु पर्ने पनि बताए। 

उनले ब्रोकरको संख्या थपेर लागत कम गर्ने उदेश्य रहेको बताए । ब्रोकरको संख्या थपेर प्रतिस्पर्धा भएपछि लागत कम हुने र गुणस्तर बढ्ने उनको भनाई थियो । ब्रोकरले स्वस्थ प्रतिस्पर्धा गरुन् र त्यसको लाभ्लागनिकर्ताले लिउन् भन्ने बोर्डको देश्य रहेको उनले उल्लेख गरे ।

उनले आफुले सुरु गरेका केहि कामको विरोध भएपनि ति सबै काम लगानीकर्ताको हितको लागि भएको प्रष्ट पारे । उनले कुनै पनि नीति पर्फेक्ट नहुने भन्दै हरेक नीतिले कोशीलाई फाइदा र कोहिलाई घाटा गर्ने जिकिर गरे । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved