गभर्नरको पेशी तोकिएकै इजलाशमा भिष्मराज ढुंगानाको मुद्दा पनि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 10:45:21 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाको मुद्दामा आज सर्वोच्च अदालतमा पेशी तोकिएको छ । आज न्यायधीशद्वय प्रकाश ढुंगाना र डा. कुमार चुडालको संयुक्त इजलाशमा यस मुद्दाको पेशी तोकिएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको पेशी पनि यहि इजलाशमा तोकिएको छ  । गभर्नरको पेशी २० औ नम्बरमा छ भने भिष्मराज ढुंगानाको मुद्दा गभर्नरको भन्दा पनि पछि रहेकोले  मुद्दामा सुनुवाईको पालो आउने संभावना न्यून छ । 

अर्थ मन्त्रालयले आफूलाई स्पष्टिकरण सोधेर बर्खास्त गरेपछि भिष्मराज ढुंगानाले २०७८ भदौ २३ गते रिट सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । उनले सर्वाेच्चमा ३ वटा छुट्टाछुट्टै रिट दर्ता गरेका छन्। 

मन्त्रिपरिषदले बर्खास्त गर्ने निर्णय गरेपछि सो विरुद्ध २०७८ कार्तिक ७ गते र बोर्ड अध्यक्षमा रमेश हमाल नियुक्त भएपछि उक्त नियुक्त बदर गरी आफूलाई नै पुनर्बहाली गर्न माग गर्दै २०७९ वैशाख २१ गते रिट दायर गरेका थिए । अदालतले सबै रिटलाई एकै साथ सुनुवाई गर्दै आएको छ । ढुंगानाले रिटमा आफूलाई निलम्बन गर्ने, बर्खास्त गर्ने र नयाँ अध्यक्ष चयनको लागि भएका सम्पूर्ण प्रक्रिया बदर गरी बोर्ड अध्यक्षमा आफूलाई पुनर्बहाली गर्न माग गरेका छन् ।

  २०७९ फागुन २५ गते यस मुद्दामा सर्वोच्चले मिसिल झिकाउने आदेश दिएको थियो ।  फागुन २५ मा कायम मुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की र न्यायधिश नहकुल सुवेदीको संयुक्त इजलाशले ढुंगानाको मुद्दामा मिसिल झिकाउने आदेश दिएको थियो । उक्त आदेशमा प्रधानमन्त्री कार्यालय र अर्थमन्त्रालयसँग बर्खास्त गर्दाको निर्णयकपि ल्याउन भनिएको थियो । त्यस्तै बर्खास्त गर्दा टेकेका कानूनी आधारसहितका प्रमाणहरु के–के हुन् साथै ल्याउने गरी मिसिल झिकाउने आदेश भएको थियो । त्यसपछि यस मुद्दाको पेशी तोकिए पनि हेर्न नमिल्ने वा हेर्न नभ्याइनेमा पर्दै आएको छ  यस मुद्दामा आज सनुवाई हुने गरि पेशी तोकिएको हो । 

अर्थ मन्त्रालयले ढुंगानालाई बर्खास्त गरेर २०७८ फागुनमा बोर्डको अध्यक्षमा रमेश हमाललाई नियुक्त गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved