नेप्सेमा ३ कम्पनीको आईपीओ सुचिकृत, पहिलो कारोबारको लागि कुनको मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 12:59:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बिहिबार ३ वटा कम्पनीको शेयर सुचिकृत भएको छ । आज घोराही सिमेन्ट, थ्री स्टार हाइड्रो र अपर स्यांगे हाइड्रोको शेयर सुचिकृत भएको हो 

आज घोराही सिमेन्टको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता शेयर, थ्री स्टार हाइड्रोको ४९ लाख २५ हजार कित्ता शेयर र अपर स्यांगे हाइड्रोको २२ लाख कित्ता शेयर  सुचिकृत भएको हो 

नेप्सेमा शेयर सुचिकृत भएपछि अब लगानीकर्ताले आइतबारबाट यी शेयर खरिद बिक्री गर्न सक्ने छन् । आइतबार नेप्सेको स्पेसल प्रि ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोक्ने गरेको छ । 

नेप्सेले घोराही सिमेन्टको  पहिलो कारोबारको लागि २२६.६१ रुपैयाँ देखि ६७९.८३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने छ  कम्पनीको GCIL सिम्बलबाट कारोबार हुने छ 

त्यस्तै नेप्सेले थ्री स्टार हाइड्रोको  पहिलो कारोबारको लागि ८५.६५ रुपैयाँ देखि २५६.९५ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने छ  कम्पनीको TSHL सिम्बलबाट कारोबार हुने छ 

त्यस्तै नेप्सेले अपर स्यांगे हाइड्रोको  पहिलो कारोबारको लागि ८४.७४ रुपैयाँ देखि २५३.६२ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस रेन्जको जुनसुकै मूल्यमा पहिलो कारोबार हुने सक्ने छ  कम्पनीको USHL सिम्बलबाट कारोबार हुने छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved