नेप्सेको योजना: आईपीओ जारी, एआईबाट सुपरिवेक्षण, अन्तराष्ट्रिय स्तरको ट्रेडिङ सफ्टवेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 10:37:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले आ.व. २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम तयार पारी सो को कार्यान्वयनको लागि कार्ययोजना समय तालिका समेत स्वीकृत गरेको छ । नेप्सेको संचालक समितिले पारित गरेको नीति तथा कार्यक्रममा नेप्सेको पुनर्संरचना गरि डिडिए गरेर नेप्सेको आईपीओ निष्काशन गर्नेदेखि अन्तराष्ट्रिय स्तरको ट्रेडिङ सफ्टवेयर खरिद गर्नेसम्मका योजना छ । 

त्यस्तै सुचिकृत कम्पनीहरुको एआईबाट सुपरिवेक्षण गर्ने तथा इन्ट्राडे ट्रेडिङ तथा ओटीसी बजार विस्तार सम्बन्धि अध्ययन कार्य गर्ने विषय पनि उल्लेख छ। कार्ययोजनालाई विभिन्न ९ उपशीर्षकमा विभाजन गरिएको छ । जुन कर्मचारी तथा संगठन व्यवस्थापन  , पुँजी बजार सचेतना कार्यक्रम , भौतिक पूर्वाधार विकास तथा कार्यालय व्यवस्थापन, संस्थागत सुशासन सुदृढीकरण , अध्ययन अनुसन्धान , कारोबार अनुगमन तथा सुपरीवेक्षण , प्रणाली विकास तथा व्यवस्थापन , विनियम÷कार्यविधि तर्जुमा÷परिमार्जन , र जोखिम व्यवस्थापन तथा अनुपालन रहेका छन् । 

यस्ता छन् नेप्सेको आ.व. २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम ।

कर्मचारी तथा संगठन व्यवस्थापन                       

कर्मचारीको कार्यदक्षता तथा उत्पादकत्व वृद्धि गर्न तालिमहरुमा सहभागी गराउने ।

कर्मचारीहरुलाई प्रदान गरिने सेवा सुविधाको पुनरावलोकन गर्ने ।

सेवाका विभिन्न पदहरुमा विनियमावली अनुसार पदपूर्ति गर्ने ।

सूचना प्रविधि विज्ञ, व्यवसाय विकास विज्ञको सेवा प्राप्त गर्ने ।

सूचना प्रविधि अधिकृत, सहायक स्तर र कार्यालय सहयोगी र सवारी चालकको सेवा प्राप्त गर्ने ।


पुँजी बजार सचेतना कार्यक्रम

लगानीकर्ता, सञ्चारकर्मी लगायत सरोकारवाला लक्षित पुँजी बजार सचेतना तथा साक्षरता कार्यक्रम आयोजना गर्ने  । 

देशका विभिन्न स्थानका कलेज तथा विद्यालयका विद्यार्थीलाई दोस्रो बजार सम्बन्धी जानकारी दिन visit Nepse कार्यक्रम सञ्चालन गर्ने ।

दोस्रो बजार सम्बन्धी निवन्ध प्रतियोगिता गर्ने ।

 नवप्रवेशी कारोबार सदस्यलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने  ।

नेप्सेका गतिविधिलाई सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गर्ने ।


भौतिक पूर्वाधार विकास तथा कार्यालय व्यवस्थापन

नेप्सेमा कार्यरत कर्मचारी र निकट भविष्यमा आउने कर्मचारीहरुलाई पर्याप्त हुने गरी कार्यकक्ष निर्माण  गर्ने, उत्तरतर्फ बाउन्ड्री वाल निर्माण गर्ने । 

नेप्सेको पावर सिस्टम अपग्रेडेशन गर्ने ।

कार्यालय परिसरमा सवारी साधन पार्किंग निर्माण गर्ने । 

सिसिरिभी स्टोरेज क्षमता बढाउने, Intercome Telephone Enhance गर्ने ।


संस्थागत सुशासन सुदृढीकरण

नेप्सेका विभिन्न समिति तथा उपसमितिलाई थप सक्रिय बनाउने, आवश्यकता अनुसार    समिति÷उपसमितिका कार्यविधि संशोधन÷परिमार्जन गर्ने, कार्यान्वयनलाई प्रभावकारी बनाउने । 

निर्धारित समयभित्रै वार्षिक साधारण सभा सम्पन्न गर्न आवश्यक विवरण तयार गर्ने ।

आर्थिक वर्ष २०७९÷८० को लेखा परीक्षण समयमा सम्पन्न गरी वित्तीय विवरण प्रकाशन गर्ने ।

नेप्सेको ३२ औं वार्षिकोत्सव कार्यक्रम गर्ने ।

वातावरणीय, सामाजिक तथा सुशासन (Environment, Social and Governance)  सम्बन्धी नीति प्रवद्र्धनका लागि कार्यक्रम सञ्चालन गर्ने । 

अध्ययन अनुसन्धान

सुपरिवेक्षणका लागि Artificial Intelligence (AI) System उपयोगका सम्बन्धमा अध्ययन गर्ने । 

Intraday Trading तथा ओटीसी बजार विस्तार सम्बन्धि अध्ययन कार्य गर्ने ।

प्रदेश तथा स्थानीय सरकारले जारी गर्न सक्ने ऋणपत्र सम्बन्धी अध्ययन गर्ने ।

नेप्सेको विस्तृत लेखा परीक्षण DDA  (Due Diligence Audit)गर्ने तथा आईपीओ प्रक्रिया अगाडी बढाउने  । 


कारोबार अनुगमन तथा सुपरीवेक्षण

सदस्यता तथा सुपरिवेक्षण विनियमावली तर्जुमा गरी लागु गर्ने । 

कारोबार सदस्य (दलाल तथा डिलर)को स्थलगत तथा गैरस्थलगत सुपरिवेक्षणका लागि  कार्यतालिका बनाउने, निरीक्षण तथा सुपरिवेक्षण प्रतिवेदन पेश गर्ने । 

 विद्यमान सुपरिवेक्षण प्रणालीको प्राविधिक स्तरोन्नति गर्ने । 

सूचीकृत कम्पनीहरुको आवधिक वित्तीय विवरण र सूचकांक अध्यावधीक गर्ने ।

सूचिकृत संगठित संस्थाहरुको वित्तीय तथा गैर वित्तीय विवरणहरुको अनुगमन गर्ने । 


प्रणाली विकास तथा व्यवस्थापन ,

 अन्तर्राष्ट्रिय स्तरको Tested Online Trading Software खरिद गर्ने ।

NOTS मा प्रयुक्त सफ्टवेयर नवीकरण गर्ने, Hardware, Website, Power system लगायत  अन्य सेवाको सुनिश्चितताका लागि Annual Maintenance Contract (AMC) सेवा खरिद र नवीकरण गर्ने । 

कार्यालयका उपकरण सञ्चालनका लागि आवश्यक licenses, software, hardware खरिद तथा नवीकरण गर्ने ।

नयाँ डाटा सेन्टर निर्माण गर्ने । (हाल डाटा सेन्टरमा प्रयोग भइरहेका हार्डवयर, सफ्टवेयर, सामग्री, उपकरण DR Site मा लैजाने)

सुपरिवेक्षण कार्यमा Business Intelligence (BI) System को उपयोग गर्न आवश्यक सामग्री  खरिद गर्ने । 


विनियम/कार्यविधि तर्जुमा/परिमार्जन , 

ओटिसी बजार विनियमावली, कर्मचारी विनियमावली, आर्थिक प्रशासन विनियमावली संशोधन/परिमार्जन गर्ने ।

जोखिम व्यवस्थापन तथा सम्पत्ति दायित्व सम्बन्धि कार्यविधि, २०७६ मा संशोधन गर्ने ।

SMEs Platform सञ्चालनका लागि आवश्यक विनियमावली तर्जुमा गर्ने ।


जोखिम व्यवस्थापन तथा अनुपालन

वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनको मासिक प्रगति प्रतिवेदन तयार गर्ने । 

त्रैमासिक रुपमा प्रतिवेदन सञ्चालक समितिमा पेश गर्ने । 

जोखिम व्यवस्थापन तथा अनुपालन सम्बन्धी प्रतिवेदन अर्धवार्षिक रुपमा तयार गरी सञ्चालक समितिमा पेश गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved