९८ प्रतिशतले घट्यो सामुदायिक लघुवित्तको नाफा, खराब कर्जा ९ प्रतिशत माथि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 13, 2023 | 10:15:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा सामुदायिक लघुवित्तको खुद नाफा ९८.६७ प्रतिशतले घटेको छ । आर्थिक वर्ष ७८/७० मा कम्पनीको खुद नाफा ३ करोड रहेकोमा आर्थिक वर्ष ७९/८० मा कम्पनीको खुद नाफा घटेर ४ लाख मै सिमित भएको छ 

यस अवधिमा  कम्पनीको खुद ब्याज आम्दानी २०.०३ प्रतिशतले घटेर ९ करोड ३६ लाख रुपैयाँ कायम भएको छ । कम्पनीले सम्भावित जोखिमको लागि इम्पेयरमेन्ट चार्ज अन्तर्गत ठुलो रकम छुट्याएको र कम्पनीको खुद ब्याज आम्दानी पनि घटेकोले कम्पनीको नाफा प्रभावित भएको छ ।

कम्पनीले इम्पेयरमेन्ट चार्जमा २ करोड ८० लाख छुट्याएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ४५० प्रतिशत बढी हो। कम्पनीको खराब कर्जा ५.०६ प्रतिशतबाट बढेर ९.०५ प्रतिशत पुगेको छ ।

कम्पनीको निक्षेप २.९९ प्रतिशतले घटेको छ भने कर्जा प्रवाह २३.७० प्रतिशतलेगह्तेको छ । १४ करोड ५२ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ७ करोड ४८ लाख रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी ०.२८ रुपैयाँ, र प्रति शेयर नेटवर्थ १५१.५८ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved