३३५ रुपैयाँ मै एनआरआईसीको १० लाख कित्ता शेयर बिक्री गर्दै विशाल ग्रुप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2023 | 08:44:31 AM मा प्रकाशित

laxmi  sunrise bank

विशाल ग्रुप लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी (एनआरआईसी)को १० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाद्वारा विशाल ग्रुपले उक्त शेयर बिक्री गर्न लागेको हो 

विशाल ग्रुपले ति शेयरको न्युनतम मूल्य प्रति कित्ता ३३५ रुपैयाँ कायम गरेको छ। हाल कायम नै रहेका कुनै संस्थापक शेयरधनीलाई उक्त शेयर खरिद गर्न इच्छा भएमा  ३५ दिनभित्र आवश्यक कागजात संलग्न आफूले खरिद गर्ने शेयर कित्ताको अकं र रकम खलाई निवेदन दिन नेपाल पुनर्बीमा कम्पनीले आग्रह गरेको छ ।

उक्त म्यादभित्र निवेदन पेश हुन नआएमा कानुन अनुसार बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।  बीमकको संस्थापक शेयर कारोबार (खरिद/बिक्री) सम्बन्धी निर्देशिका, २०७७ को दफा ११ को उपदफा १ बमोजिम बिद्यमान संस्थापक शेयरधनीलाई बोलकबोल आधारमा शेयर बिक्री गरिने कम्पनीले प्रष्ट पारेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved