मर्जरपछि नेप्सेमा दुई लघुवित्तको शेयर सुचिकृत, कतिमा हुन्छ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2023 | 03:57:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्जरपछि नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दुई वटा लघुवित्तको शेयर सुचिकृत भएको छ । आज धौलागिरी लघुवित्त र नेशनल लघुवित्तको शेयर सुचिकृत भएको हो।

धौलागिरी लघुवित्त र खप्तड लघुवित्त मर्ज भएपछि धौलागिरी लघुवित्तको नाममा शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएपछि ७६८ रुपैयाँ ६१ पैसाबाट कम्पनीको कारोबार सुरु हुनेछ । कम्पनीको DLBS सिम्बलबाट कारोबार हुने छ ।

त्यस्तै नेशनल लघुवित्त र समिट लघुवित्त मर्ज भएपछि नेशनल लघुवित्तको नाममा शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएपछि १२१५ रुपैयाँ २९ पैसाबाट कम्पनीको कारोबार सुरु हुनेछ । कम्पनीको NMFBS सिम्बलबाट कारोबार हुने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved