आईपीओ निष्काशनमा नयाँ नियम, सरकारले स्वीकृत गर्यो संशोधन नियमावली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2023 | 08:59:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले धितोपत्र दर्ता तथा निष्काशन (सातौं संशोधन) नियमावली २०८० स्वीकृत गरेको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको हो  ।

नेपाल धितोपत्र  बोर्डले नियमावली संशोधनको लागि अर्थ मन्त्रालय मार्फत मन्त्रिपरिषदमा पठाएको थियो । बोर्ड अध्यक्ष रमेश हमालले आजको मन्त्रिपरिषदको बैठकले नियमावली स्वीकृत गरेको जानकारी आएको बताए  । 

नियमावली स्वीकृत भएसंगै कम्पनीहरुले आईपीओ जारी गर्दा अपनाउनु पर्ने व्यवस्थामा केहि परिमार्जन गरिएको छ। जस अनुसार अब २ आर्थिक वर्ष कारोबार गरिसकेका प्राइभेट कम्पनीहरुले पब्लिक कम्पनीमा परिणत भए लगत्तै आईपीओ निष्काशन गर्न पाउने छन्  । 

त्यस्तै प्रिमियममा आईपीओ निष्काशन गर्ने व्यवस्था पनि केही परिमार्जन गरिएको छ । पुँजीबजारमा रियल सेक्टरका कम्पनीहरूको सहभागिता बढाउने उदेश्यले त्यस्ता कम्पनीहरुलाई आईपीओ जारी गर्नको लागि केहि खुकुलो व्यवस्था समेत गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved