पब्लिक कम्पनीमा परिणत हुँदै राष्ट्रिय बीमा संस्थान, विशेष साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 16, 2023 | 09:04:24 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थानले भदौ १५ गते रामशाहपाठ स्थित आफ्नै प्रधान कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको हो।

साधारणसभामा राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने विशेष प्रस्ताव पेश हुने छ।  बीमा ऐन २०७९ को दफा १७२ बमोजिम राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने लागिएको हो।

त्यस्तै सभामा कम्पनीको प्रबन्ध-पत्र तथा नियमावली स्वीकृत गर्ने , र संस्थानलाई कम्पनीमा परिणत गर्दा गर्नुपर्ने कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश हुने छन्। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved